काठमाण्डू, ८ जेठ- एमाले सचिवालय अध्यक्ष केपी ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङबीच भनाभन भएको छ ।
ओलीनिवास गुण्डुमा शुक्रबार बसेको बैठकमा ओलीले नेताहरुबाट संकटमा पर्दा पार्टी नेतृत्वको बचाउ नगरेको अभिव्यक्ति दिएपछि गुरूङले प्रतिवाद गरेका हुन् । उनले ओलीलाई एमाले तपाईंको प्राइभेट कम्पनी हो र ? भन्ने प्रश्न गरे । एमाले निर्माणमा आफूहरुको पनि योगदान रहेको भन्दै उनले एमाले ओली कम्पनी नभएको बताए ।
ओलीले पार्टी नेतृत्वको पक्षमा नउभिने नेताहरुलाई अराजकको संज्ञा दिँदै कारबाहीको चेतावनी दिएपछि
गुरूङ प्रतिवादमा उत्रिएका हुन् ।