एमाले बैठकमा ४ उपाध्यक्षले मागे ओलीको राजीनामा

काठमाण्डु टुडे २०८३ जेठ ८ गते २२:३० मा प्रकाशित

काठमाण्डू, ८ जेठ- एमाले सचिवालय बैठकमा नेताहरुले अध्यक्ष केपी ओलीको राजीनामा मागेका छन् ।

सोमबार ओलीनिवास गुण्डुमा बसेको बैठकमा उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन् । ओलीको नेतृत्वमा अब पार्टी अगाडि नसक्ने उनीहरुको भनाइ थियो ।

५ उपाध्यक्षमध्ये रामबहादुर थापा बादल मात्र आलीको पक्षमा उभिए ।

उपाध्यक्ष विष्णु पौडेलले यथास्थितिबाट अगाडि बढ्न नसकिने निस्कर्षसहित पार्टी पुनर्गठनमा जोड दिए ।

अध्यक्षको दुई कार्यकाल र ७० वर्षे उमेर हदसहित पार्टी लोकतान्त्रिकरणका लागि १०औं महाधिवेशनले तय गरेका विधि भत्काउनु गलत भएको उनले बताए उपाध्यक्षहरु गुरूङ, विष्ट र पन्तले पनि ओलीले मार्ग प्रसस्तै गर्नुपर्ने अडान राखे ।

बैठक शनिबार पुनः बस्नेछ । शनिबार बस्ने बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिवहरुले कुरा राख्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us