मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाण्डु टुडे २०८३ जेठ ८ गते १८:२५ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा विश्वासको मत प्राप्त गरेका छन । उनको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ ।

गत वैशाख २१ गते जनमतले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । यस अघि गत जेठ १ गते विश्वासको मत लिनको लागि सदन आह्वान गरिए पनि आफ्नै पार्टी काँग्रेस भित्रको असन्तुष्टिले फलोर क्रस गर्ने डरले अन्तिम अवस्थामा आएर उनी पछाडि हटेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us