जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय

काठमाण्डु टुडे २०८३ जेठ ८ गते १४:५६ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– सरकारले बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो । मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us