सशस्त्रका जवान बेहोस घटनाः ६ जनालाई सेनाको स्काई ट्रकमार्फत काठमाण्डू ल्याइँदै

काठमाण्डु टुडे २०८३ जेठ ८ गते १४:३३ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएकामध्ये ६ जनालाई उपचारका लागि काठमाण्डू ल्याइदै छ । नेपाली सेनाको स्काई ट्रकमार्फत ६ जनालाई पौन २ बजे काठमाण्डू ल्याउँदै गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।

यसअघि उनीहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो । टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

तालिम गर्दा ८ जना बेहोस भएका थिए । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । उनीहरूमध्ये ६ जनालाई काठमाण्डू ल्याउँदै गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us