कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार

काठमाण्डु टुडे २०८३ जेठ ८ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन ।

बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सहप्रवक्ता थापाले जानकारी दिएका छन । गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारका लागि सुर्खेत लगिएको उनले बताए ।

टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएको बताइएको छ । उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिमका प्रशिक्षार्थी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us