रास्वपा सभापति रवि  लामिछानेले सांसदहरूसँग छलफल गर्ने

काठमाण्डु टुडे २०८३ जेठ ८ गते ६:३० मा प्रकाशित

काठमाडौँ, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम गर्ने भएका छन् ।
सांसदहरूबाट प्राप्त सल्लाह र सुझावका आधारमा कोशी प्रदेश र मधेस प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरिने पार्टीले जनाएको छ ।
निर्धारित तालिका अनुसार कोशी प्रदेशका सांसदहरूसँग बिहान ११:०० बजेदेखि १:०० बजेसम्म छलफल हुनेछ भने मधेस प्रदेशका सांसदहरूसँग दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्म छलफल हुने कार्यक्रम रहेको छ ।
बाँकी प्रदेशका सांसदहरूसँग पनि क्रमशः अर्को चरणमा छलफल गरिने जनाइएको छ ।
छलफल कार्यक्रम संसदीय दलको कार्यालय, सिंहदरबारमा हुने जानकारी पार्टी प्रवक्ता मनिष झाले दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us