वेल घेरेका विपक्षीको नारा: निरंकुश सरकार मुर्दावाद

काठमाण्डु टुडे २०८३ जेठ ७ गते १८:०२ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेका छन् ।

उनीहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध गरे पनि सभामुख डीपी अर्यालले पेलेर संसद चलाएपछि एमाले, नेकपालगायत दलका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

विपक्षीको विरोधका कारण पहिलो बैठक स्थगित गरेका सभामुखले बिहीबारको दोस्रो बैठकमा विपक्षीलाई पेलेर बैठक अघि बढाएका छन् । सभामुखले पेलेर बैठक अघि बढाएपछि विपक्षी दलका सांसदहरूले संसदीय मर्यादा कायम गर, विपक्षीको माग सम्बोधन गर, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद र निरंकुश सरकार मुर्दावाद जस्ता नारा लगाइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us