एमाले पदाधिकारीको वरीयताः योगेश तेस्रो उपमहासचिव, महेश नवौं सचिव

काठमाण्डु टुडे २०८३ जेठ ७ गते १७:५८ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– एमालेका पदाधिकारीहरूको वरीयता निर्धारण प्रस्ताव अगाडि बढाइएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयता सम्बन्धी प्रस्ताव पनि राखिएको छ ।

प्रस्तावअनुसार पहिलो उपाध्यक्षमा रामबहादुर थापा छन् भने पहिलो सचिव छविलाल विश्वकर्मा रहेका छन । तीन उपमहासचिवमा योगेश भट्टराईलाई तेस्रो वरीयतामा राखिएको छ भने महेश बस्नेतलाई ९ जना सचिवमध्ये नवौं स्थानमा राखिएको छ ।

यस्तो छ प्रस्तावित वरीयताः

अध्यक्ष: केपी शर्मा ओली

उपाध्यक्ष: रामबहादुर थापा

उपाध्यक्ष: विष्णुप्रसाद पौडेल

उपाध्यक्ष: पृथ्वीसुब्बा गुरुङ

उपाध्यक्ष: गोकर्ण बिष्ट

उपाध्यक्ष: रघुजी पन्त

महासचिव: शंकर पोखरेल

उपमहासचिव: लेखराज भट्ट

उपमहासचिव: रघुबीर महासेठ

उपमहासचिव: योगेश भट्टराई

सचिव: छविलाल विश्वकर्मा

सचिव: पद्या अर्याल

सचिव: खगराज अधिकारी

सचिव: भानुभक्त ढकाल

सचिव: यामलाल कँडेल

सचिव: शेरधन राई

सचिव: राजन भट्टराई

सचिव: हिक्मत कार्की

सचिव: महेश बस्नेत

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us