सिरहा, २३ असोज- सिरहाका दुई छुट्टाछुट्टै स्थानमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जिल्लाको मझौलिया १ र नवराजपुर १ मा दुई युवतमिाथि एकै दिन सामूहिक बलात्कार भएको जनाएको छ ।
मझौलिया-८ की एक १९ वर्षीया युवतीमाथि बुधबार राति शौच गर्न बाहिर निस्केका बेला सामूहिक बलात्कार भएको हो । घटनामा स्थानीय १८ वर्षीय अन्तरुल मियाँ, २२ वर्षीय मन्टु ठाकुर, २४ वर्षीय दिलिप सिंह लगायत संलग्न रहेको सिरहा प्रहरीले जनाएको छ । बलात्कारमा संलग्नको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकृत नायब उपरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।
यस्तै नवराजपुर- १ का आशे मुखियाको घरमा पाहुना आएकी बेलहा १ की एक किशोरी पनि बलात्कारको शिकार भएकी छन् । शौच गर्न बारीमा गएका बेला स्थानीय २२ वर्षीय सविन मुखिया र २० वर्षीय जितेन्द्र मुखिया युवती बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाका पीडितको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गरिएको छ ।