बालेन सत्ताबारे गोकुलको टिप्पणीः बीपी र केपीको सत्ता गुमेजस्तै घण्टी पनि जाने जस्तै छ

काठमाण्डु टुडे २०८३ जेठ ७ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले सत्ता सुरक्षाको दरिद्रताले सबैभन्दा ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सत्ता जान सक्ने दाबी गरेका छन् ।

देश राजनीतिक भूकम्पतिर रहेको भन्दै उनले सत्ताकै दुष्चक्रले बीपी र केपी अनि घण्टीको पनि नियति त्यस्तै हुने टिप्पणी गरे । एमाले नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘फेरि एउटा राजनीतिक भूकम्पउन्मुख छ देश ।

उही कुराले बीपी र केपीका सत्ता गुमेजस्तै भाग तीनले घण्टी पनि जाने जस्तै छ, ‘पार्टीहरू तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहँदा फेरि पनि तिनिहरू उल्टो गतिका निरीह साक्षी हुने छन्, जसरी २०५९ देखि २०८२ सम्म भइरहे ।’ २१ फागुनमा भएको निर्वाचनबाट रास्वपाले झण्डै दुईतिहाइ मत ल्याएको थियो ।

तर सरकार बनेदेखि नै काम गराइ र आन्तरिक उकुसमुकुस बढ्दो छ । यसैतर्फ लक्षित गर्दै गोकुलले २०१५ सालमा बीपी कोइराला र २०७४ मा केपी ओलीको दुईतिहाइको सरकारसँग तुलना गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us