फेवातालमा डुबेर एक युवकको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ ७ गते १२:१२ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग रहेको प्रहरीले जनाएको छ ।

गुरुङ हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित गरीएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्री नेतृत्वको टोलीले खोजी गर्ने क्रममा आज बिहान ३ः३५ बजे गुरुङलाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us