काठमाण्डू, ६ जेठ– नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपालको परिचय भ्रमण (फ्यामिलियराइजेसन ट्रिप) गराउने भन्दै आवेदन खुल्ला गरेको छ ।
राजदूतावासले आज २० मेमा जारी गरेको सूचनामा पाँच जना भारतीय डिजिटल सामग्री निर्माताहरू छनोट गरी नेपाल भ्रमण गराइने बताइएको छ ।
यस भ्रमणको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक स्थल र विविध पर्यटकीय सम्भावनाहरू भारतीय बजारमा डिजिटल माध्यमबाट प्रवर्द्धन गर्नु रहेको छ ।