काठमाण्डू, ६ जेठ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिंदै सञ्चारमन्त्री तिमिल्सिनले यस्तो बताएका हुन ।
उनले संविधानले दिएको अधिकार सरकारले चाहेर पनि केही गर्न नसक्ने समेत बताएका छन । तर, स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा प्रयोग गर्न नहुने बताउँदै मन्त्री तिमिल्सिनाले राज्यको अंकसँग जोडिएको क्षेत्रले आफ्नो ओजलाई कायम राख्ने गरी कार्य गर्न सुझाव समेत दिएका छन ।
सञ्चार माध्यमहरु जवाफदेही पनि हुनुपर्ने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गरिमा र सीमाभित्र रहेका काम गर्न अनुरोध समेत गरेका छन ।