संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा, त्यसो नगर्न गराइयो सचेत

काठमाण्डु टुडे २०८३ जेठ ६ गते १२:२९ मा प्रकाशित

काठमाण्डू, ६ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याट च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ ।

संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि सचेतक क्रान्तिशिखा धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई आग्रह गरेकी छन । रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले बोल्ने विषय पाए नबोल्न तर च्याटजीपीटीको सहारा नलिन निर्देशन दिएकी छन् ।

सांसदहरुको ग्रुपमा र अनौपचारिक छलफलमा धितालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘विषयवस्तु नभएको अवस्थामा संसदमा नबोले पनि हुन्छ । तर, च्याटजीपीटीको भरमा बोल्न आवश्यक छैन ।’प्रतिनिधि सभामा रास्वपा १८१ जना सांसद छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us