काठमाण्डू, ६ जेठ– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन ।
संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।
त्यसको जवाफमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नियमावलीको नियम १५ को नियम पालना गराउनुभयो भनेर प्रतिप्रश्न गरे ।