डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाण्डु टुडे २०८३ जेठ ६ गते ७:१४ मा प्रकाशित

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको जेठ ५ गते मंगलबार बसेको बैठकले पोखरेललाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो ।
मन्त्रालयले बढुवा सिफारिसउपर चित्त नबुझे सम्बन्धित पक्षले उजुरी दिन सक्ने जनाएको छ ।

सिफारिस भएको मितिले सात दिनभित्र उजुरी वा निवेदन दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us