नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए सपथ

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १९:१४ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् ।

शीतलनिवासमा मंगलबार साँझ आयोजित एक समारोहबीच शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका हुन् ।

यसअघि मंगलबारै संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

समारोहमा  उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत सहभागी थिए ।

शर्माले आगामी ६ वर्ष सर्वोच्च न्यायालको नेतृत्व गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us