काठमाण्डू, ५ जेठ– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा सर्वोच्च अदालतले आगामी सोमबार छलफल गर्ने भएको छ । देउवा लगायतले आफूहरूलाई पक्राउ पुर्जी जारी गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले आगामी सोमबार मुद्दालाई प्राथमिकतामा राखी पेशी तोक्नू भनेको हो । त्यो दिन पक्राउ अनुमति प्रक्रियासम्बत थियो कि थिएन भनि छलफल हुनेछ ।
न्यायाधीश पोखरेलको इजलासले अनुसन्धानमा देउवा परिवारले सहयोग गर्ने प्रतिबद्धता जनाएको, पूर्वप्रधानमन्त्री देउवाको स्वास्थ्य अवस्था अनि पक्राउ अनुमति जारी गर्ने अदालतको क्षेत्राधिकारमा विचार गर्नुपर्ने भन्दै ती प्रश्नहरू समेत दुवै पक्षको छलफलबाट टुंगो हुने आदेश गरेको हो ।