काठमाण्डू, ५ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटका प्राथमिकतामाथि छलफलमा हुँदा अर्थमन्त्री स्वर्णिम वाग्ले नभएपछि एमाले सांसद राजेन्द्र राईले विरोध जनाएपछि बैठक आजै बस्ने गरी स्थगित गरीएको हो ।
बजेटको प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री सहभागी नभएको भन्दै रोष्ट्रममा उभिइरहेपछि सभामुखले बैठक स्थगित गरेका हुन । यसअघि सत्तारुढ दल राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले पनि अर्थमन्त्री छलफलमा सहभागी नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।
उनले परम्परा तोड्ने नाममा सबै भत्काउने भए सिंहदरबारमा पनि भत्काउन चेतावनी समेत दिएका छन ।