काठमाण्डु, २३ असोज- राजधानीको मुख्य पर्यटकीय क्षेत्र ठमेल आपराधिक घटनाका लागि हब बन्दै गएको छ ।
चोरी डकैती, गुन्डागर्दी, लागूऔषध कारोबार र यौन व्यवसायजस्ता गतिविधि ठमेल क्षेत्रमा बढ्दैछन् । पछिल्ला ३ वर्ष सुधारिएको ठमेल फेरि पूरानै स्थितिमा फर्कन थालेको छ । पछिल्ला केही दिनमा ठमेलभित्र बीस मिटर आसपासमा दुर्इ रातमा ४ घटना भए ।
चोरले सटरको ताल्चा काटेर लकरमा राखेको पैसादेखि बियर, वाइन, चुरोट जस्ता सामान पनि लगे । त्यस्तै ठमेलमा चरेस र युवती मिलाइदिने दलाल चोक चोकमा भेटिन्छन् । व्यवसायीहरुलाइए पनि धम्क्यायँदै रकम असुल्ने प्रवृत्ति बढिरहेको छ ।