प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ १ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, १ जेठ– प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय प्युठानले जानकारी दिएको छ ।

भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको छ । भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिएका छन ।

मृतकको पहिचान भने अझै खुल्न बाँकी छ । दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us