विद्यार्थी संगठनमा प्रतिबन्धको तयारीविरुद्ध प्रदर्शन

काठमाण्डु टुडे २०८३ जेठ १ गते १४:११ मा प्रकाशित

काठमाण्डू, १ जेठ– संयुक्त विद्यार्थी संगठनले आज (शुक्रबार) राजधानीमा प्रदर्शन गरेका छन् । ६२ औँ विद्यार्थी दिवसको अवसरमा संगठनले त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्‍याली प्रदर्शन गरेका हुन् ।

विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोध विरोध र्‍याली गरेका हुन् । ‘सम्पूर्ण विद्यार्थीहरू एकजुट हौँ’ भन्ने शुक्रबार विद्यार्थी दिवस मनाइँदै छ ।

विरोध र्‍यालीमा विद्यार्थीहरुले ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ’, ‘सरकार विश्वविद्यालय आऊ हामी पढाउँछौं’, ‘नबोल्ने कायरता बोल्न दिने अच्याचार दुवै सहिँदैन’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us