हर्क साम्पाङलाई शाहीले भने, ‘प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन’

काठमाण्डु टुडे २०८३ जेठ १ गते १३:०६ मा प्रकाशित

काठमाण्डू, १ जेठ– राष्ट्रिय प्रजातनन्त्र पार्टी (राप्रपा)का प्रजातन्त्र पार्टी स‌ंसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य हर्क साम्पाङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको राजीनामा माग नगर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट लख्दै संसदीय दलका नेता शाहीले वर्तमान प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै ठोस कारण नभएको स्पष्ट पारेका हुन् । विगत ३५ वर्षसम्म देश लुट्ने र भ्रष्टाचार गर्ने शक्तिहरू विरुद्ध नै जनताले अहिलेको मतदान गरेको उल्लेख गर्दै उनले जनताको मत र जनादेशको सम्मान गर्न सुझाव समेत दिएका छन ।

शाहीले देशलाई अगाडि बढाउन सबै मिलेर जानुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीलाई प्रजातान्त्रिक बन्न र संसद्प्रति उत्तरदायी हुन मात्र आफूहरूको माग रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसद्प्रति उत्तरदायी भइदिनुहोस्।’ संसद् जनताको आवाज बोल्ने थलो र सरकारलाई जनताका कुरा सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च भएकोले यसलाई प्रधानमन्त्रीले सम्मान गर्नुपर्ने उनको धारणा छ ।

शाहीले विगतको गलत शासन पद्धतिको विरुद्धमा आएको जनमतलाई कदर गर्दै अगाडि बढ्न हर्क साम्पाङलाई आग्रह समेत गरेका छन । व्यवस्था र पद्धतिलाई बलियो बनाउन प्रधानमन्त्रीले संसद्लाई उत्तरदायी बनाउनु पर्नेमा उनको जोड रहेको छ। जनताले पुराना शक्तिहरूको भ्रष्टाचार र लुटतन्त्रका विरुद्धमा दिएको मतलाई सम्मान गर्दै राजीनामाको साटो उत्तरदायित्व खोज्नुपर्ने शाहीले बताएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us