काठमाडौं, १४ जेठ — विरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन सुरु गरेपछि केही विपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्।
त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले बैठकमै उभिएर विरोध जनाइरहेका छन् ।
यद्यपि अर्थमन्त्री वाग्लेले विरोधका बीच पनि आफ्नो जवाफ जारी राखेका छन् ।