पाण्डे पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते १६:०१ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।

पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो । साथै सर्वोच्च अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई समेत बोलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us