इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावती छन् ।

एनसीकी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो । वैदेशिक रोजगारीमामा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको आरोप उनीमाथि छ ।

ठगेर फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाण्डू बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us