काठमाण्डु, २२ असोज- सदभावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई संविधान सभामा लैजानुपर्ने बताएका छन् ।
सहमतिको राजनीतिलाई बढावा दिन निरन्तर सक्रिय रहेको भन्दै उनले काँग्रेस–एमालेलाई पनि धमलालाई संसदमा ल्याउन पहल गर्नुपर्ने धारणा राखेका छन् ।
रिपोर्टर्स क्लबमा बुधबार भएको साक्षात्कारमा कर्णले धमला संविधानसभाका लागि आवश्यक पात्र भएको जिकिर गरे । कर्णले उनले भने–‘हामी त धमलाजीलाई ल्याउन तयार छौं, अब काँग्रेस–एमालेले पनि उहाँलाई ल्याउन पहल गर्नुप¥यो ।’
कर्णले काँग्रेस र एमालेले खल्तीबाट झिकेर ल्याएको खाका र प्रक्रियाबाट जारी गरेको संविधान कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट गर्दै प्रक्रियामा जान खोजे मुलुकमा फेरि संविधान नबन्ने ठोकुवा गरे । स्वायत्त मधेसप्रदेशसहितको ८ बुँदे सम्झौता नमाने जनताले मनाउने चेतावनी दिए ।