धोबीखोला करिडोरको चर्चित घर भत्काइँदै

काठमाण्डु टुडे २०८३ वैशाख २० गते ११:४८ मा प्रकाशित

काठमाण्डू, २० वैशाख– सरकारले काठमाण्डूको देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ठूलो घर पनि भत्काउने तयारी गरिएको छ । अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त घर भत्काउने तयारी गरेको हो ।

अहिले उक्त घरबाट सुरक्षाकर्मीले सामान निकालिरहेका छन् । अहिले उक्त क्षेत्रमा सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी ठूलो मात्रामा परिचान गरिएको छ ।

यो घरमा, रेष्टुरेन्ट, बार, स्पालगायतका विभन्न व्यवसाय सञ्चालनमा छन् । केही दिनदेखि यो घर सामाजिक सञ्जालमा चर्चित थियो । यो क्षेत्रमा रहेका सुकुमवासीका अन्य घरहरु यसअघि भत्काइसकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us