पाङदुरमा पहिरो, कान्ति लोकपथ ठप्प

काठमाण्डु टुडे २०८३ वैशाख २० गते ८:१६ मा प्रकाशित

 काठमाडौं, २० वैशाख : ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान करिब ५ बजेतिर आएको पहिरोले काठमाडौं–हेटौंडा जोड्ने यो सडक अवरुद्ध बनाएको हो ।
त्यस्तै, निर्माणाधीन सूर्यविनायक–साँगा सडकखण्डमा वर्षाका कारण सडक चिप्लो हुँदा सवारी साधन सञ्चालन प्रभावित भएको छ ।
ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सावधानी अपनाउँदै आफ्नो निर्देशनअनुसार सवारी चलाउन चालकलाई अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us