राष्ट्रपतिद्वारा एकैचोटि तीन अध्यादेश जारी

काठमाण्डु टुडे २०८३ वैशाख १९ गते १७:३७ मा प्रकाशित

काठमाडौं, १९ वैशाख- राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन वटा अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो ।
विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गरेका हुन् ।
यसअघि सरकारले ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

तीमध्ये सहकारीसम्बन्धी, सार्वजनिक खरिद सम्बन्धी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश भने यसअघि नै जारी भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us