काठमाण्डु, १९ वैशाख– सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा अमानवीय व्यवहार गरिएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
सभापति रवि लामिछानेले आइतबार मध्याह्न साढे १२ वनस्थलीस्थित पार्टी कार्यालययमा बैठक बोलाएका हुन् । प्रवक्ता मनिष झाले सचिवालय सदस्यहरुलाई अनिवार्य रुपमा बैठकमा उपस्थित हुन निर्देशन रहेको जानकारी दिए ।
सुकुमबासी बस्तीमा रहेका मन्दिर, स्तुपा तथा विद्यालयसमेत भत्काइएको तथा सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकप्रति समेत निर्दयी व्यवहार गरिएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रत्यक्ष निर्देशनमा उपत्यकाका अधिकांश सुकुमबासी बस्तीमा डोजर चलाइएको छ ।