काठमाण्डू, १९ वैशाख– सरकारले सुमुमवासी व्यवस्थापनका गर्न भन्दै यतीबेला बस्तीहरुमा डोजर चलाइरहेको छ । सुकुमवासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलेपछि त्यसको आलोचना भइरहेको छ ।
सुकुमवासीको पहिचान नहुँदा नदी किनारका जोसुकैको घरहरु भत्काउन थालेपछि नागरिक आतंकित बनेका छन् । नदी किनारमा घर भएकाहरुले आफ्नो घरमा जग्गाधनी पुर्जा टाँसेर बसेका छन् ।
बस्ती उठाउने क्रमलाई निरन्तरता दिने क्रममा आज धोबीखोला क्षेत्रमा डोजर चलाइँदै छ । डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र समेत टाँसेका छन् । आज धोबीखोलाको रुद्रमती मन्दिरनजिकको क्षेत्रमा डोजर चलेको छ ।