सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, राष्ट्रपति कार्यालयमा गयो अध्यादेश

काठमाण्डु टुडे २०८३ वैशाख १८ गते १७:१५ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गरेको छ । अध्यादेशमार्फत ऐन संशोधन गरिएको हो । हाल सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० निवारण २०६४ कार्यान्वयनमा रहेको छ ।

यो ऐनले अवैधरुपमा कमाएको सम्पत्तिलाई बैध बनाउने (शुद्धीकरण) कार्यलाई रोक्ने र सजाय गर्ने व्यवस्था गरेको छ । सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रीपरिषदबाट एकैपटक निर्णय गरेर ८ वटा अध्यादेशहरु किस्ता–किस्तामा राष्ट्रपति कार्यालय पुगेका छन् । त्यसमध्ये सम्पत्ति सुद्धिकरण अध्यादेश पछाडि लगिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले दुईवटा अध्यादेश प्रमाणीकरणपश्चात जारी भएको छ ६ वटा जारी हुन बाँकी रहेको बताए । हिजो सहकारी अध्यादेश र खरिद नियमावली संशोधन अध्यादेश जारी भएका हुन् । आज थप अध्यादेश जारी हुने सम्भावनाका बारेमा उनले अनभिज्ञता दर्शाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us