सुकुमवासी बस्ती छेउका घरधनीले टाँसे लालपुर्जा

काठमाण्डु टुडे २०८३ वैशाख १८ गते १४:२५ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– सरकारले काठमाण्डूका अव्यवस्थित र सुकुमवासी बस्ती हटाउने काम जारी राखेको छ । दोस्रोचरण अन्तर्गत आज शुक्रबार बल्खु, माछापोखरी, शंखमुललगायत क्षेत्रमा अहिले डोजसरले घररटहराहरुमा डोजर लगाउने कार्य जारी छ ।

सुकुमवासी बस्ती भत्काउने क्रममा लालपुर्जा भएका घरधनीले आफ्नो घर पनि भत्किने त्रासमा घरको भित्तामा देखिने गरी लालपूर्जाको प्रतिलिपि (प्रिन्ट) टाँसेका छन् ।

शंखमुलको सुकुमवासी बस्तीछेउका नम्बरी जग्गामा घर निर्माण गरेकाहरूले यसरी घरको भित्तामा लालपूर्जाको प्रतिलिपि टाँसेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us