काठमाण्डू, १८ वैशाख– रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू भएको खुलेको छ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिएका छन । उनका अनुसार, अहिले शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ ।
‘अहिले हामीले सबै शवहरू उद्धार गरेर लाँदैछौं, सबैको सनाखत केहीबेरमा थवाङ पुगेपछि हुन्छ,’ उनले भने । दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ९ जना दाङका व्यक्ति रहेको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।
९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का व्यक्ति रहेको उनले बताए । उनका अनुसार, एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् ।
‘