काठमाण्डू, १८ वैशाख– काठमाण्डूको शंखमुल क्षेत्रमा रहेको सुकुमवासी बस्तीमा पनि डोजर चलेको छ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाण्डू उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन सुरु गरेको हो ।
आजै सरकारले बल्खु, माछापोखरीलगायत क्षेत्रमा पनि डोजर चलाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।
प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले आफैँ सामान सामान सारेका थिए । दोस्रोचरणमा आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।