राधिकाले लगाइन् ओलीलाई भेटघाटमा रोक

काठमाण्डु टुडे २०८३ वैशाख १८ गते ११:३२ मा प्रकाशित

k|wfgdGqL s]kL zdf{ cf]nL / pxfFsL >LdtL ;dIf k|wfgdGqL lgjf;, afn’jf6f/sf] ;fFrf] x:tfGt/0f ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाण्डू, १८ वैशाख– केहि समय अधि मात्रै पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरेका पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली यति बेला घरमै आराम गरिरहेका छन् ।

केही दिनयता ओलीको शल्यक्रिया गरेको घाउमा संक्रमण बढेको छ। यसले बाह्य भेटघाट बन्द गरिएको छ । परिवारका सदस्यबाहेक पार्टीका नेता–कार्यकर्तालाई पनि भेट्न रोक लागाइएको छ ।

केही दिनयता ओली गुण्डुस्थित आफ्नो निवासको भुइँतलामा समेत नओर्लिएको पार्टीका एक नेताले जानकारी दिएका छन । उनका अनुसार घाउमा संक्रमण बढेपछि पत्नी राधिका शाक्यले भेटघाट बन्द गरिदिएकी छन् ।

अध्यक्ष ओली नतंग्रिँदा नेकपा एमालेकै स्वास्थ्य बिग्रिएजस्तो भएको छ। प्रतिनिधिसभा निर्वाचन सकिएको दुई महिना पूरा हुन लाग्दा पनि एमालेले चुनावको समीक्षा गरेको छैन । पार्टीको नियमित बैठक र छलफल ठप्पप्रायः छ ।

ओली पूर्ण रूपमा ठिक नहुँदासम्म पार्टी बैठक बस्ने सम्भावना कम रहेको नेताहरू बताउँछन्। नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी सचिवालय बैठक तत्काल बस्ने सम्भावना नरहेको बताए ।

अध्यक्ष ओली पूर्ण रूपमा ठिक भइनसकेकाले बैठक बस्न ढिलाइ भइरहेको उनले जानकारी दिए । एमालेले यसअघि वैशाख अन्तिममा केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको थियो। अध्यक्ष ओलीको स्वास्थ्य प्रतिकूल बनेपछि बैठक अनिश्चित बनेको एक पदाधिकारीको भनाइ छ ।

हर्नियासमेतको शल्यक्रिया गरेका ओली २१ दिनपछि गत वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका थिए। चैत १४ गते पक्राउ परेका उनी चैत २६ गते हाजिरी जमानीमा रिहा भएका थिए। तर पित्तथैलीको पत्थरी निकाल्नुपर्ने भएकाले उनको चैत ३० गते शल्यक्रिया गरिएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us