काठमाण्डूको वंशीघाट बस्तीमा चल्यो डोजर

काठमाण्डु टुडे २०८३ वैशाख १८ गते १०:०७ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– काठमाण्डू महानगरपालिका– ११ मा पर्ने वंशीघाट क्षेत्रका घरहरुमा डोजर चलेको छ । आज बिहान काठमाण्डू महानगरपालिकाले डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो ।

घर टहरा भत्काउन ट्रकमा लोड डरेर करिब आधा दर्जन डोजर बस्तीमा पुर्‍याइएको थियो । आज वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ ।

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us