पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

काठमाण्डु टुडे २०८३ वैशाख १८ गते ६:०१ मा प्रकाशित

काठमाडौं — नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा १२ रुपैयाँले कम गरिएको छ ।
यता हवाई इन्धनको मूल्य भने बढाइएको छ ।

आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ ।
मूल्य समायोजनसँगै काठमाडौंमा पेट्रोलको मूल्य अब २१७ रुपैयाँ कायम भएको छ ।

यसअघि काठमाडौं, दिपायल र पोखरामा २१९ रुपैयाँ थियो ।
त्यसैगरी सुर्खेत र दाङमा पेट्रोलको मूल्य घटेर २१६ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us