रोल्पाको जलजलामा जिप दुर्घटना, १५ गम्भीर घाइते

काठमाण्डु टुडे २०८३ वैशाख १७ गते १६:१६ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएको समेत प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइतेहरूको उद्धार कार्य जारी रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ । दुर्घटनास्थलमा भारी वर्षा भएकोले उद्धारमा कठिनाइ भएको बताइएको छ ।

भोलि जलजलामा मेला लाग्ने र सोही मेला भर्न गएकाहरू चढेको जिप दुर्घटना भएको रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us