काठमाण्डू, १७ वैशाख– कांग्रेसको डा. शेखर कोइराला समूहको बागमती प्रदेशका नेताहरूको भेला बालुवाटारमा जारी छ । बालुवाटारको ओपेरा होटलमा बैठक जारी रहेको कोइरालाको सचिवालय स्रोतले जानकारी दिएको छ ।
बैठकमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रिय सदस्य, संसद् पूर्वसांसद, प्रदेश सांसद तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित रहेका छन ।