एकैपटक धेरै अध्यादेश आएपछि राष्ट्रपति दबाबमा, कानुनविद्लाई बोलाइयो

काठमाण्डु टुडे २०८३ वैशाख १७ गते ११:३२ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– सरकारले संसद छलेर एकैपटक ६ अध्यादेश सिफारिस गरेपछि दबाबमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूलाई शीतलनिवासमा बोलाएका छन ।

जनताको म्यान्डेटअनुसार काम गर्ने भन्दै सरकारले ६ अध्यादेश एकैपटक राष्ट्रपतिसमक्ष पेस गरेको छ । ती अध्यादेशबारे कानुनी परामर्शका लागि राष्ट्रपति पौडेलले बिहीबार अपराह्न ४ बजे कानुनविद्हरूलाई शीतलनिवास बोलाएका राष्ट्रपतिको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

संघीय संसद बैठक आह्वान गरेको भोलिपल्टै स्थगित गरेको सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेपछि आलोचना भइरहेको छ । विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।

उनीहरूले अध्यादेश रोक्न राष्ट्रपति पौडेललाई दबाब बढाएका छन् । दबाबमा परेका राष्ट्रपतिले कानुनविद्हरूको सुझावका आधारमा निर्णय लिने शीतलनिवास स्रोतले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us