देउवा समूहको भेलामा शशाङ्क र सुजाता पनि सहभागी

काठमाण्डु टुडे २०८३ वैशाख १५ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला र नेतृ सुजाता कोइराला पनि सहभागी भएका छन् ।

महाराजगन्जस्थित स्मार्ट होटलमा सुरु भेलामा डा. शशाङ्क र सुजाता पनि सहभागी भएका हुन । डा. शशाङ्क यसअघिका देउवा समूहका केही भेलाहरूमा उपस्थित हुने गरे पनि सुजाता भने हुने गरेकी थिइनन् ।

पूर्णबहादुर खड्काको संयोजनमा भएको भेलामा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us