शेखर कोइरालाले बोलाए आफ्नो समूहको छुट्टै भेला

काठमाण्डु टुडे २०८३ वैशाख १५ गते १३:५० मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको छुट्टै बैठक बोलाएका छन । नेता कोइरालले बैशाख १७ गते समूहका नेताहरूको बागमती प्रदेश स्तरीय भेला बोलाएको त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन ।

डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको भेला बोलाइएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us