काठमाण्डू, १५ वैशाख– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको नेतृत्व (प्रधानमन्त्री)लाई शासनकर्ता नभएर सहजकर्ताको भाव राख्न अनुरोध गरेका छन । उनले विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको भन्दै सरकारको नेतृत्वकर्तालाई आज (मंगलबार) सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका छन । अर्यालले लेखेका छन्, ‘विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको हो ।
शासनकर्ता होइन, सहजकर्ताको भाव राखौँ । शास्त्र भन्छ– मानवजीवात्मा पनि परमात्माकै अंश हो ।’ अर्यायलले यसअघि पनि प्रधानमन्त्री वालेन्द्र शाहलक्षित स्टाटस लेखेका थिए ।
जसमा उनले ‘रुल अफ ल’ र ‘रुल बाई ल’बीच तात्त्विक फरक भएको जनाएका थिए । उनले शुक्रबार लेखेका थिए, ‘रुल अफ ल र रुल बाई लबीच तात्त्विक फरक छ । सुशासनको जग बसाल्न रुल अफ लको जगेर्ना गरौँ । दिशाबोध होस्, तत्त्वबोध पनि होस् ।’