ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस्ः महामन्त्री पौडेल

काठमाण्डु टुडे २०८३ वैशाख १४ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् ।

आज (सोमबार) कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले यस्तो कामना गरेका हुन । महामन्त्री पौडेलले सुकुमवासी हटाउँदा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको पनि बताएका छन ।

महामन्त्री पौडेलले भने, ‘सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस् ।’

महामन्त्री पौडेलले सुकुमवासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको धारणा नभएको र सबै सुकुमवासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us