अध्यादेश ल्याउँदै सरकार

काठमाण्डु टुडे २०८३ वैशाख १४ गते १३:४७ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।

सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ । संवैधानिक परिषद् लगायतका अध्यादेश ल्याउन लागिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us