काठमाण्डू, १३ वैशाख– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेजमा प्राविधिक समस्या आएको छ । उक्त पेज रिकभर गर्ने प्रयास भइरहेको पूर्व प्रधानमन्त्री भट्टराईको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले भनेको छ, ‘पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ । हाल उक्त पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ ।’
पछिल्लो समय नेपालका चर्चित फेसबुक पेजहरूमा निरन्तर समस्या आइरहेको छ । यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ फेसबुक पेज पनि हटेको थियो ।