प्रक्रियाबाट संविधान जारी गरिए च्यातेर फाल्छौं: एमाओवादी

काठमाण्डु टुडे २०७१ असोज १९ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, १९ असोज- एमाओवादी नेता अग्नि सापकोटाले प्रक्रियामा गएर संविधान जारी गरिए च्यातेर फाल्ने बताउँदै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका agni sapkotaछन् ।

सापकोटाले गणितीय बलमा, बलमिच्याँइ गरेर बहुमतको आधारमा संविधान ल्याए त्यसको विरोधमा सशक्त आन्दोलन गर्ने बताएका छन् ।
उनले भने–‘प्रक्रियामा संविधान ल्याउनै हुन्न भनेर हामीले विरोध गरेको होइन, तर जनताको भावनाभन्दा ठूलो कुरा प्रक्रिया हुनै सक्तैन । संघीयता जस्तो मुख्य विषयलाई नै थाती राखेर संविधान जारी गर्ने कुरा हामीलाई स्वीकार्य हुँदैन ।’

सापकोटाले संघीयतामा पनि सबै कुरा मिलिसकेको बताउँदै खाली काँग्रेस–एमालेको दृष्टिकोणमा अन्तर रहेको स्पष्ट पारेका छन् । उनले विगतमा राज्य पूर्नसंरचना आयोगले अघि सारेको सुझावलाई आत्मसाथ गर्न सके सबै कुरा मिल्ने जिकिर गरेका छन् ।
सापकोटाले सत्तारुढ दलद्वय नेपाली काँग्रेस र नेकपा एमालले गणितिय बल देखाएर जनतालाई झिस्काउने काम गरेको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us